यी हुन् नेकपा एसबाट सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरु

काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत ल्याएपछि मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ । नेपाली कांग्रेससहित १० दलका सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि ती दललाई सरकारमा सहभागी गराउन प्रचण्ड लचिलो बनेका छन् ।

एकीकृत समाजवादीले पनि सरकारमा पठाउने नेताबारे छलफल चलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् ।

कार्यदलले पार्टीले कति मन्त्रालय पाउने ? कुन–कुन मन्त्रालयमा माग दाबी गर्ने, गठबन्धन दलका बीचमा सहमति कायम गर्ने र सरकारमा जाने नीति कार्यक्रम बनाउने कार्यादेश पाएको छ ।

स्रोतका अनुसार पार्टीका सांसदमध्ये चार जना सरकारमा जान आकांक्षी देखिएका छन् । उपाध्यक्षय राजेन्द्र पाण्डे, बेदुराम भुसाल, जयन्ती राई र उपमहासचिव प्रकाश ज्वाला मन्त्रीको आकांक्षी देखिएका हुन्। पाण्डे र ज्वाला प्रतिनिधिसभा तथा भुसाल र राई राष्ट्रियसभाका सांसद हुन् ।

एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सांसद छन् । सचिवालयकै चार नेताको आकांक्षा देखिएपछि मन्त्रीबारे टुंगो लगाउन सकस पर्ने एक सचिवालय सदस्यले बताए । मापदण्ड बनाएर आलोपालो रुपमा सरकारमा पठाउने गरी सहमति बनाइने उनको भनाइ छ ।

सचिवालयका चार नेता आकांक्षी देखिए पनि भुसाल, पाण्डे वा ज्वालामध्ये एकजनाले नेतृत्व गर्न पाउनेछन् । एकीकृत समाजवादीले पाउने मन्त्रालयको संख्या टुंगिएपछि कसले नेतृत्व गर्ने भन्ने टुंगो लाग्नेछ । त्यसमा भर्खरै महासचिवबाट उपाध्यक्ष बनेका भुसालले यसपटक नेतृत्व गर्न पाउने सम्भावना बलियो रहेको एक नेताले बताए ।

त्यस्तै, तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका सांसदहरु कृष्णकुमार श्रेष्ठ, प्रेम आले, मेटमणि चौधरी र शेरबहादुर कुँवर अहिले मन्त्री बन्न पाउने सम्भावना कम रहेको बताइन्छ । यसपटक बझाङबाट निर्वाचित भानुभक्त जोशी, दैलेख १ बाट निर्वाचित अमरबहादुर थापा वा डोल्पाबाट निर्वाचित धनबहादुर बुढामध्ये एक मन्त्री बन्न सक्ने सम्भावना रहेको एक नेताले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित