रवि लामिछाने विरुद्ध अख्तियारमा उजुरी

 काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

अमेरिकी नागरिकता कायम हुँदाहुँदै लामिछानेले नेपाल सरकारलाई गुमराहमा राखेर राहदानी लिएकाले अनुसन्धान गर्न माग गरेर युवराज पौडेल सफलले उजुरी दिएका हुन्। महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ मा लामिछाने विरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेकै दिन पौडेलले अख्तियारमा उजुरी दिएका हुन्।

यथेष्ट प्रमाण हुँदाहुँदै लामिछानेलाई पक्राउ समेत नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ र शक्ति केन्द्रको चलखेलमा उम्काउन खोजिएको उजुरीमा उल्लेख छ।

निवेदक पौडेलले भनेका छन्, “जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने, उच्च सरकारी वकील कार्यालय पाटन ललितपुरका कार्यालय प्रमुख कृष्णमोहन कोइराला र महान्यायाधिवक्ता कार्यालयका प्रमुख दिनमणि पोखरेलले समेत आफ्नो पदीय दायित्व एवं अख्तियारीको दुरुपयोग गरी राहदानी दुरुपयोग कसूरको कसूरदार रवि लामिछानेको मुद्दामा क्लीन चिट दिने निर्णय गरेकाले निजहरूबाट सम्बन्धित सकल फाइल झिकाई तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाउन माननीय प्रमुख आयुक्तज्यू समक्ष यो निवेदन पेश गरेको छु।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित