तेह्रथुम । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा गएराति भारतीय भूमिमा निधन भएको छ ।
कांग्रेस महासमिति सदस्यसमेत रहेका विमलीको भारतमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा बाटोमै निधन भएको उनका छोरा कुलदीप विमलीले जानकारी दिए ।
विमलीलाई एक महिनाअघि फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा लगिएको थियो । विमलीलाई फोक्सोमा जटिल प्रकृतिको क्यान्सर देखिएपछि रिसर्च सेन्टरले उपचार सम्भव नहुने भन्दै सोमबार घर फर्काइदिएको छोरा कुलदीपले बताए ।
घरतर्फ ल्याउने क्रममा भारतीय भूमिमै बुबाको निधन भएको उनले जानकारी दिए ।