बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस अवसरमा आज तिलोत्तमामा प्रदर्शन गरेको छ । समाजले तिलोत्तमा नगरपालिका–३ योगिकुटी चोकमा प्ले कार्डसहित आधा घण्टा प्रदर्शन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुतका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने रणनीतिमा नगरपालिका लागेको बताए ।
त्यस्तै विनोद पहाडीले अझै पनि जातीय विभेद तथा छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताए । शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले छुवाछुतको कानुनमा हटेका वर्षे भए पनि अझै समाजमा छुवाछुत रहेकोले रोक्नु सबैको दायित्व रहेको बताए ।