मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार भएको
छ ।

कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्ट पहिचानबादी पक्षले सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मिलनचौमा मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीका अनुसार मिलनचौमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले मुख्यमन्त्री कार्की सवार गाडीलाई अवरोध गरी आक्रमणको प्रयास गरेका थिए ।

तर प्रहरीले तत्काल भिडलाई नियन्त्रणमा लिएर मुख्यमन्त्री कार्कीमाथिको आक्रमणको प्रयास विफल तुल्याएको थियो। सो क्रममा प्रहरीले मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयासमा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए।

कालो झन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित