संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं : देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई बहादुरी ठानेपछि आफूहरुले राजनीतिक समीकरण फेरेको बताएका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेपछि उनले त्यसको जवाफ दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ । यो सदनको पहिलो पार्टी नेपाली कांग्रेस हो भन्ने कुरा तपाईंहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अघि बढौं भन्ने कुरा गलत थियो ? इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं । सहमति देशका चुनौतीलाई समाधान गर्न खोजिन्छ । विगतको कुरालाई पुनरावृत्ति गरेर सहमति थिएन, छैन र हुँदैन ।’

इतिहासको सम्मान गर्दै गल्ती सच्याएर अघि बढ्नुपर्ने उनले बताए । ‘दुईदुई पटक संसद विघटन गर्न पाइने कुरा संविधानको कुन धाराअनुसार गरियो ?’ उनले प्रश्न गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित