कांग्रेससहित चार दलको बैठक जारी रहेका बेला थपिए अन्य तीन दल

काठमाडौं । बालुवाटारमा जारी चार दलको बैठकमा अरू तीन दल पनि थपिएका छन् ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका हुन् । बालुवाटारमा कांग्रेस, माओवादीसहित सात दलको बैठक जारी छ।

यसअघि चार दलबीच बैठक जारी रहेता पनि अरू तीन दल पनि आएका हुन्।

संयुक्त बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

बालुवाटारमा उनीहरूबीच राष्ट्रपति निर्वाचनलगायत विषयमा आज अपराह्न करिब दुई घन्टा छलफल भएको थियो। ओलीले गत पुस १० गतेको सहमतिअनुसार नै अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमाले नेताहरूको दाबी छ।

कांग्रेसले चुनावअघिको गठबन्धन ब्युँताउन खोजेको छ। यसमा माओवादीलगायत दलहरू पनि सहमति नजिक पुगेका छन्। कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले राष्ट्रपति उम्मेदवारमा सहमति र शक्ति बाँडफाँटलगायत विषयमा पनि आजै सहमति गर्ने तयारी गरेका छन्।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ। त्यसैले दलहरूले आजै सहमति गर्ने गरी छलफललाई तीव्रता दिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित