काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान नपाउने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति नदिएको हो।
सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो ।
जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ ।