बालुवाटारबाट बाहिरिए ओली, केहीबेरमा पुरानो गठबन्धनको बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ओली छलफल सकेर बाहिरिएका हुन्।

राष्ट्रिय सहमतिको चर्चा गर्दै आएका प्रचण्डले शुक्रबारै भएको पुरानो गठबन्धन दलको बैठकमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन्।

पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले बोली फेरेको भन्दै एमाले असन्तुष्ट छ। शनिबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले एमालेले प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि थप निर्णय गर्ने तयारी गरेको छ। उसले शनिबार बिहान पार्टी सचिवालय बैठक बोलाएको छ।

कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबारै साँझ ५ बजे पुनः संयुक्त बैठक बसेर साझा निर्णय गर्ने तयारी गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित