कन्काई । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका ८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।
अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।