राष्ट्रपति निर्वाचन:आज दाबी विरोध छानविन, भोलि मनोनयन

काठमाडौँ ।राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदाता नामावलीउपर परेका दाबी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदैछ ।

निर्वाचन आयोगले अस्ति मतदाता नामावली प्रकाशित गरी दावी विरोध र उजुरीको समय दिएको थियो । आज त्यसमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ ।आज मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

भोलि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि भने फागुन २७ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित