सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम शुरु भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम देखिएकाले फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको जनाएको छ ।

‘डाइभर्सन निर्माण स्थलमा माथि पहराबाट ढुंगाहरु खसिरहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने संभावना रहेकाले ढुंगाहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नका लागि वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन आवागमनलाई पूर्णरुपमा बन्द गरिने छ’ योजना प्रमुखले निकालेको सूचनामा उल्लेख छ ।

उक्त अवधिभर पाल्पातर्फबाट आउने सवारी साधनहरु जडिबुटीचोक, सत्यवती जाने बाटो र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा रोकेर राख्ने व्यवस्था मिलाइएको छ ।

यस्तै बुटवलतर्फबाट जाने सवारी साधनहरु चिडियाखोला र तल्लो सिद्धबाबा मन्दिरनेर रोक्न कार्यालयले आग्रह गरेको छ । अत्यावश्यक सेवाका साना तथा मझौला सवारी साधनहरुले बेलबास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ ।

उक्त अवधिमा सडक लेन अनुशासन कडाइका साथ पालना गर्न, जथाभावी ओभरटेक नगर्न आग्रह गर्दै उल्लंघन भए प्रचलित कानून अनुसार कारवाही हुने जनाइएको छ ।

पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला–बेलामा दुर्घटना भई मानवीय क्षति हुने गरेको छ । यो सडकले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ, कास्की, पर्वत जिल्लालाई जोड्दछ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित