प्रधानमन्त्रीले आज देउवा र ओलीसँग छुट्टा–छुट्टै वार्ता गर्ने

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ। जसअनुसार आज (शुक्रबार) अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवारहरुको मनोनयन हुनेछ । मनोनयन अगाडि भने दलहरु निर्णायक पहलकदमीमा जुटेका छन् ।

दलका नेताहरु विगत केही दिनदेखि नै राष्ट्रपति चयनको विषयमा आपसी र आन्तरिक छलफलमा छन् । बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) प्रमुख सत्ता साझेदार नेकपा एमाले र विपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन्। प्रधानमन्त्री शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् ।

यस्तै, दिउँसो प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन्।

राष्ट्रपति चयनको विषयलाई लिएर सत्ता साझेदार दलहरुको गठबन्धनमा खटपट बढेको छ । उता विपक्षी दल नेपाली कांग्रेसका नेताहरु भने पुस १० गते अगाडिको तत्कालीन ५ दलीय गठबन्धन ब्यूँतिने सम्भावना रहेको बताउँदै आएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत लिँदा कांग्रेसले पनि पक्षमा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोजिनुपर्ने पक्षमा छन्। जबकि सत्ता साझेदार एमालेका नेताहरु पुस १० गते प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा भएको ‘सहमति’अनुसार आफूहरुले अघि सारेको व्यक्ति राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अडान लिएपछि कांग्रेस पनि निर्णायक पहलकदमीमा छ। कांग्रेस आफूले प्रस्ताव गरेको उम्मेदवारका हकमा राष्ट्रिय सहमति जुट्ने, जुटाउनुपर्ने बताउँदै आएको छ।

यसबीच नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रपति पदमा दाबेदारी प्रस्तुत गरेको छ। बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको ३ दल (माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी)को बैठकमा एकीकृत समाजवादीका नेताहरुले राष्ट्रपतिको दाबी प्रस्तुत गरेका हुन्।

कपा एकीकृत समाजवादीले वाम–समाजवादी मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपतिमा दाबी गरेको हो। उक्त पार्टीका नेता प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए, ‘‘हामीले चुनावअघि पनि यस विषयमा कुरा गरेका थियौं। अहिले पनि त्यसमै केन्द्रित भएर छलफल गरेका छौं। सकभर वाम समाजवादी मोर्चा बनाएर जाऔं भनेर छलफल गरेका छौं।’

नेता ज्वालाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने विषयमा छलफल भएको समेत जानकारी दिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित