काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका बारेमा छलफल भइरहेको बताएका छन् । आज नेकपा एस र जसपासँगको बैठकपछि उनले सबैको सबैसँग छलफल भइरहेको बताए ।
उनले राष्ट्रपति निर्वाचनका बारेमा सबैदलसँग छलफल चलिरहेको बताउँदै भोलि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट्ने बताए ।
छलफल सकेर बाहिर निस्किँदै गर्दा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’
नेकपा ब्युँताउने हो कि पुरानो गठबन्धन भन्ने प्रश्नमा प्रचण्डले त्यस विषयमा केही निर्णय नभएको बताए ।