राष्ट्रपति निर्वाचन : माओवादी, एस र जसपाबीच बैठक शुरु, को-को छन् सहभागी

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि निर्णायक रहेका नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जसपाको बैठक शुरू भएको छ ।

एकीकृत समाजवादी र जसपालाई पनि साथ लिएर अगाडि बढ्ने रणनीतिमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा तीन दलको बैठक बसेको हो ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

यसका अलावा माओवादीबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला तथा जसपाबाट राजेन्द्र श्रेष्ठ समेत सहभागी छन् ।

चुनावअघिको पुरानै गठबन्धन ब्युँताउने प्रयास भइरहेका बेला तीन दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।प्रधानमन्त्रीको प्रयासअनुसार माओवादी, जसपा र एकीकृत समाजवादीबीच मोर्चाबन्दी हुनसके राष्ट्रपति निर्वाचन र त्यसपछि पनि यो मोर्चा निर्णायक शक्तिका रूपमा रहनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित