सिभिल बैंकका सीइओ पोखरेलसहित ८ जना कर्मचारी बाहिरिए

काठमाडौं । हिमालयन बैंकले प्राप्ति गरी शुक्रबारबाट एकीकृत कारोबार शुरु हुन लाग्दा सिभिल बैंकका सीईओ सुनिल पोखरेलसहित उच्च तहका ८ जना कर्मचारी बाहिरिएका छन् ।

सीईओ पोखरेलसहित सुमन आचार्य, सागर पौडेल, अविजित श्रेष्ठ, किरणप्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएका हुन् ।

सिभिलका उच्च तहका कर्मचारीहरु स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका हुन् । सीईओसहितका कर्मचारीहरुले २ वर्षको तलब र सेवा सुविधा र उनीहरुले प्रयोग गरिरहेको सवारी साधन पनि पाउने छन् ।

बैंकले एक समारोहकाबीच ती कर्मचारीहरुलाई बिदाइ गरेको जनाएको छ ।

दुई बैंकबीच सम्पन्न समझदारी अनुसार प्राप्ति पछि बैंकको सीईओमा हिमालयनका सीईओ अशोक राणा र डेपुटी सीईओमा सिभिलका पोखरेल रहने सहमति भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित