साउदीमा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता

रियाद । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा अलपत्र परेका थिए।

साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए। उद्धारका लागि नेपाली द्रुतावास, लगायत विभिन्न निकायलाई अनुरोध गरेका थिए ।
साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाख पचास हजारदेखि २ लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए । आफूहरु अलपत्र परेको सुचना नेपाली द्रुतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए ।

द्रुतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइनुको साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले कामदार भिषा भनी श्रम स्वीकृति दिएको थियो।

स्वदेश फिर्ता हुनेहरुमा चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपैन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन राना मगर, सिन्धुपाल्चोकका सोनाम खोले, राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्ती मगर, मकवानपुरका शम्भू घिसिङ, गुल्मीका सुरज नेपाली छन्। त्यस्तै, अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्ती मगर, पाल्पाका शेरबहादुर थापा, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी, सुशिल पुन मगर, झापाका बालकृष्ण रिजाल, रूपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दरलामी मगर, पाल्पाका विष्णु नेपाली, पर्वतका रमेश सुनार गरी २४ जना रहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित