काठमाडौं । सुनको मूल्य पाँच सय रूपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार प्रतितोला सुन १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार कायम भएको छ।
यस्तै सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।