काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुल्यो

काठमाडौं । काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुलेको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ । विभागका अनुसार ती स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्। अन्य विधामा भने छुट्याउन बाँकी छ। यो कित्ताकाट भने कृषि जग्गाको लागि खुलेको हो । गैर कृषि जग्गा भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्ने छ ।

२०७९ जेठ २३ गतेदेखि भूउपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ । अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् ।

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो । सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको विभागका सूचना अधिकारी विष्णु कुमार महले बताए ।

अन्य विधामा पनि जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई आह्वान गरिएको उनले बताए । विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् ।

त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन्। ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित