स्कटल्याण्डमाथि नेपालको जित

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै नेपालले विश्वकप लिग २ मा पहिलो पटक सबै चार खेल जित्न सफल भएको छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

नेपालले यस सिरिजमा चारै खेल जितेको हो । लिग २ मा नेपालले पहिलो पटक चारै खेल जितेको हो । एक समय ३१।५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई करण केसी र रोहित पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाएका हुन् । कप्तान रोहितले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

यसअघिका तीन खेलमा सानदार ब्याटिङ गरेपनि स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो । स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट हुन पुगे । तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको बलमा आसिफ शखे १२ रनमा काइल कोट्जरबाट क्याच आउट भए ।

स्पिनर मार्क वाटले अनभुवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २१ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले ३० बलमा ४ चौका हाने । त्यो समय नेपाल १०.३ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित