राष्ट्रपति चुनावबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले बोलायो बैठक

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्यौल नभइसकेको बताएका छन् । ‘राष्ट्रपति निर्वाचनबारे पार्टीले अहिलेसम्म केही धारणा बनाइसकेको छैन । राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने केही भएको छैन । कार्यसम्पादन समिति बैठकपछि मात्रै निर्क्यौल हुन्छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइसकेको छैन ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित