सर्लाहीमा ३ जना फरार अभियुक्तद्वारा आत्मसर्मपण

वीरगञ्ज । सर्लाहीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना मुद्दा तीन जना प्रतिवादीले आत्मसर्पण गरेका छन् ।सर्लाहीको रामनगर गाउँपालिका वडा नं.४ बस्ने ४४ वर्षीय धर्मेन्द्र साह, ३७ वर्षीय राजीव कुमार यादव र ५० वर्षीय देवेन्द्र राय यादवले प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् ।

आत्मसर्पण गरेका तीनै जनालाई सर्लाही जिल्ला अदालतमा फागुन ८ गते पेश गरिएकोमा धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।धमेन्द्र २ लाख, राजिब र देवेन्द्र १ लाख ५० हजार, १ लाख ५० हजार धरौटी तिरेर छुटेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।०७५ साल कात्तिक १२ गते सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली काँग्रेस र तत्कालीन नेकपा कार्यकर्ताहरुकाबीच विकास निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

विवादले उग्र रुप लिँदा दुई पक्षबीच झडप हुँदा चलेको गोली पेट र मुखमा लागेर स्थानीय राम विलास महतोको मृत्यु भएको थियो भने राम नरेश महतोको खुट्टा भाँच्चिएको थियो ।
राम नरेश काँग्रेसबाट निर्वाचित तत्कालिन वडा अध्यक्ष हुन भने मृतक राम विलास उनको काका थिए ।

त्यसबखत घटनामा संलग्न रहेका अभियुक्तहरु फरार भएका थिए । झण्डै साढे चार वर्षपछि घटनामा संलग्न तीन जनाले प्रहरी समक्ष सोमबार आत्मसमर्पण गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित