काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताएका छन् । दाङको भालुबाङमा मंगलबार आयोजित पत्रकारहरुसँगको छलफलमा बोल्दै उनले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको बताए ।
अहिले बजारमा हल्लाहरु धेरै चलेको बताउँदै नेपालले यस सन्दर्भमा कुनै टुंगोमा नपुगेको जानकारी दिए । उनले भने चाहाना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’
यसपटक ुपावर सेयरिङुमा आफ्नो भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताए । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको प्रश्नमा उनले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने बताए ।
बाहिर आएका सबै समाचारहरु सही हुन्छन् भन्ने छैन । अहिले नै हतार नगरी पर्दाभित्र रहन दिनु राम्रो हुन्छ,’ उनले भने ।
चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको उनले बताए । खनाल निर्वाचनमा पराजित भएपछि राष्ट्रपति को बन्ने भन्ने विषयमा समस्या भएको उनले बताए ।