तानसेन बुटवल सडक दैनिक ८ घण्टा बन्द

तानसेन । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि तिनाउ जलविधुतको ड्याममाथि सडक डाइर्भसन निर्माण गर्न दैनिक ८ घण्टा सडक बन्द गरी काम सुरू गरिएको हो।

यही फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दुई पटक सडक बन्द गर्न लागिएको हो । दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजे सम्म सडक बन्द गर्ने निर्णय जिल्ला राजमार्ग सुरक्षा समितीको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्वतयारीको काम गरिरहेको छ । सिद्धवावा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर केसीले बताए ।

सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोटहुँदै बेलबास सडक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

दोभाना नुवाकोट वेलवास बैकल्पिक सडक मार्गमा भएका अवरोध तथा खाल्टाखुल्टी पुरपार गर्न सम्बन्धित क्षेत्रको कार्यालयलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

सुरुङमार्ग निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित