घुस लेनदेनको टेप प्रकरण : थाइ एयरवेजको ग्राउण्ड ह्याण्डलिङ खारेज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई घुस दिएको प्रकरणपछि विवादमा परेको थाइ स्माइलको सेल्फ ग्राउण्ड ह्यान्डलिङ रद्द गरेको हो ।

घुस लेनदेनको टेप प्रकरण बाहिरिएपछि पर्यटनमन्त्री सुदन किरातीले महाप्रबन्धक ठाकुरलाई मन्त्रिस्तरीय बैठकबाट निलम्बन गरेका थिए। यही निलम्बनपछि प्राधिकरणले थाइ एयरवेजलाई दिँदै आएको सेवा रद्द गर्ने निर्णय गरेको हो । थाइ स्माइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी हो।

प्राधिकरणले अनधिकृत रुपमा थाइ स्माइलका इन्जिनियरमार्फत हुँदै आएको मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि रोकेको छ।

‘थाइले सेल्फ ग्राउण्ड ह्याणडलिङ भनेर इजाजत लिएको हो। पहिलैदेखि विभिन्न कम्पनीको जहाज चेकजाँच सेवा दिँदै आएको थियो। थाइ एयरवेज यहाँ चलुन्जेल कम्पनीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ र इन्जिनियरिङ सेवामा सपोर्ट गर्दा यो विषय उठेको थिएन,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने,’तर थाइ बन्द भएपनि ती सेवा संचालन मै रहेकाले बन्द गरिएको हो।’

थाइ स्माइलले उडान संचालन सेवा दिएपनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्द गरिएको निरौलाले बताए।

उनका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ। कम्पनीले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको छ।

बन्द भएको कम्पनीबाट धमाधम एमआरओ सेवा हुँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको महानिर्देशक प्रदीप अधिकारीले बताए।

‘थाइ बन्द भएपनि स्माइलले इन्जिनियरिङ र मेन्टिनेन्सको पनि सेवा दिँदै आएको छ,’ महानिर्देशक अधिकारीले भने,’यसको सट्टामा नेपाली वायुसेवा कम्पनीलाई दिन सेवा रोकेका हौं।’

प्राधिकरणका अनुसार थाइ स्माइलले कोरियन एयर, सिंगापुर, थाइस्माइल, क्याथे प्यासिफिक लगायत विभिन्न वायुसेवा कम्पनीलाई ‘एमआरओ’ सेवा दिँदै आएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित