मासुको मूल्य बढ्यो

काठमाडौं। फागुन महिना सुरु भएपछि कुखुराको मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार मासुको मूल्य एक सातामा तीनपटक वृद्धि भएको छ । संघका अनुसार हाल जिउँदो कुखुरा मूल्य प्रतिकेजी २ सय ७० रुपैयाँ कायम भएको छ।

उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ९० देखि ४ सय रुपैयाँसम्म पर्छ। यसअघि जिउँदो कुखुराको मूल्य घट्दै प्रतिकेजी २ सय ४० रुपैयाँ र तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री भइहरेको थियो।

जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँले दरले तीनपटक वृद्धि भएको हो ।

तर बढ्दो मूल्य हालको भन्दामाथि नजाने राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका सचिव देव गिरीको दाबी छ। हाल देशभर मासुको खपत साढे ५ लाख केजी भन्दा बढी छ। विवाहको सिजन तथा व्यावसायिक कार्यक्रमहरुले गर्दा मासुको खपत बढी हुन थालेको छ।

सचिव गिरीका अनुसार स्वदेशी उत्पादन कम रहेपनि भारतबाट तस्करी भएर आउने सस्ता कुखुराले बढिरहेको मूल्यलाई घटाउन मद्दत गर्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित