काठमाडौं । दक्षिणी टर्किएमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन् ।
टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।
मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गर्नु भएको अर्ध(आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ । यी दाबीहरू पूर्णतया असत्य छन्। सीमा रेखाबाट कुनै अप्रत्यासित आगमन भएको छैन।
हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं तर त्यस्तो भएको होइन रहेछ ।ू मन्त्रीले भन्नुभयो । सन् २०११ मा गृहयुद्ध शुरु भएपछि आफ्नो देशबाट भागेका झन्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन्। झन्डै आधा शरणार्थीहरू दक्षिणी टर्किएमा शरण लिएका छन् । हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ।
फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।