काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
पार्टी कार्यालयका सचिव देवेन्द्र पौडेलले सोमबार बैठक बस्ने तयारीको जानकारी दिए। सोमबार पदाधिकारी बैठक बस्ने भनिए पनि समय भने तय नभएको उनले बताए।
राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ ।
नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ । उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ ।
एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने स्पष्ट पारेको छ ।