सांसद अरुण चौधरी रिहा हुँदै

काठमाडौं । कैलाली कारागारमा रहेका कैलाली २ बाट निर्वाचिन प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज रिहा हुँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जनासहित सांसद चौधरीको कैद सजाय माफी गरेपछि उनी आज रिहा हुने भएका हुन् ।

सांसद चौधरीसहित अन्य चार जना पनि आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । १० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी आज उनीहरुलाई रिहा गर्ने तयारी गरिएको कैलाली कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भए पनि चार जनाको मात्रै सजाय माफी भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । सत्ता साझेदार दलको सरकार नै समस्यामा पर्ने देखिएपछि सरकारले सांसद चौधरीलाई रिहाईका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित