काठमाडौं । अमेरिकी कम्पनी टेस्लाले बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको छ । सेल्फ ड्राइभिङमा समस्या देखिएपछि यसले निम्त्याउन सक्ने संभावित दुर्घटनाको जोखिम कम गर्न भन्दै कम्पनीले एकै पटकमा यति धेरै कार फिर्ता लिन लागेको हो ।
फिर्ता हुने कारमा मोडल ३ मोडल एक्स, मोडल वाई र मोडल एस रहने जनाइएको छ । २०१६ देखी २०२३ सम्ममा निर्माण भएका यी कारको अप्रिल १५ भित्र ‘ओभर दि एयर सफ्टवेयर’ अपडेट गरेपछि ग्राहकलाई पुनः फिर्ता गरिनेछ ।
कार फिर्ता लिने निर्णय वाहिर आएसँगै हिँजो टेस्लोको सेयर मूल्यमा ५.७ प्रतिशतले गिरावट आएको छ । विश्वको सवैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टेस्ला यसअघि पनि कारमा देखिएको कमिकमजोरीका कारण चर्चामा आएको थियो । केही समयअघि मात्र चालकले चलाउँदै गर्दा यसको स्टेरिङ ह्विल भाँचिएको थियो ।