इपिएस भाषा परीक्षामा ३ हजार ४५३ जना विद्यार्थी पास

काठमाडौं । कोरियन भाषा परीक्षामा ३ हजार ४५३ जना विद्यार्थी पास भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागका अनुसार कृषि तथा पशुपालन क्षेत्रतर्फको नतिजा सार्वजनिक गरिएको हो।

गत माघ १८ देखि फागुन ०५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो। उक्त परीक्षामा १० हजार ३९८ जना सहभागी भएका थिए। जसमध्ये ३ हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्।

उत्तीर्ण परीक्षार्थीहरूको यही फागुन ८ गतेदेखि १० सम्म भैँसेपाटीमा सीप परीक्षण हुने इपिएस कोरिया शाखाले जनाएको छ। सीप परीक्षणका लागि सक्कल राहदानी र प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।

यसैगरी, शाखाले सीप परीक्षणका लागि बायोमेट्रिकका लागि एक घण्टा चाँडो आउन पनि आग्रह गरेको छ। तोकिएको समयमा अनुपस्थित हुनेलाई वैकल्पिक व्यवस्था नभएको इपिएसले जनाएको छ।

सूची हेर्नूहाेस्

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित