केपी ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । राजदूतसँग झण्डै डेढ घण्टा कुरा भएको ओलीको सचिवालयले जनाएको छ।

प्रचण्डसँगको भेटघाट बिहान ८ः ३० बजे तय भएपछि राजदूतसँगको भेट बेलुकालाई सारिएको थियो । भेटको कार्यतालिका पहिला नै तय भएको ओलीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे २ घण्टा कुराकानी भएको थियो।

भेटमा प्रचण्डले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेका राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका थिए।

शुक्रबार दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन कायम रहेको बताएका हुन्।

बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले एक(दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका हुन् । यसअघि बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घन्टाभन्दा बढी एक्लाएक्लै भेटवार्ता भएको थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित