काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
सुपरमाई हाइड्रोपावरले माघ २३ गते सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत भएको हो।
स्वीकृत आवेदनमध्ये ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन्। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले इलाममा ७ दशमलव ८ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कार्त्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।