गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरी बलले भारतका दुई नागरिकलाई तीन किलोग्राम गाँजासहित विराटनगरबाट पक्राउ गरेको छ।
विराटनगरको रानीस्थित बोर्डर आउट पोष्टको सशस्त्र बलको टोलीले विराटनगर १५ मा रहेको बसपार्कबाट भारतको अररियाका ३९ वर्षीय प्रमोद यादव र २३ वर्षीय सुनिलकुमार साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल मोरङको प्रमुख तथा प्रहरी उपरीक्षक तीर्थ थापाका अनुसार विराटनगरबाट भारतको जोगबनी जादै गरेका दुवैजनालाई बिहीबार राती गाँजासहित पक्राउ गरेको हो।

बसपार्कबाट सीमातर्फ पैदल जादै गरेका साहलाई सशस्त्रको टोलीले शंका लागेर जाँच गर्ने क्रममा पक्राउ गरेको बताएका सशस्त्र प्रमुख थापाले साहबाटै सोधपुछका क्रममा यादवको संलग्नता रहेको खुलेको जानकारी दिए।

बीआर ३८ सी २६०६ नम्बरको मोटरसाइकलमा सवार यादवलाई साहकै जानकारीमा बसपार्कबाट पक्राउ गरेको उनले बताए। यादवले नै साहलाई झोलासहित गाँजा जोगबनी पुराउनका लागि खटाएको प्रहरीको अनुसन्धानमा खुलेको सशस्त्रका प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

पक्राउ परेकाहरुको साथबाट २ वटा भारतीय आधार कार्ड र नेपाली १ हजार २ सय १० रूपैयाँसमेत फेला परेको छ।
हाल पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित