‘आइएमई पे’बाट हरेक बुधबार क्युएफएक्सको टिकट काट्दा फ्ल्याट ५० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । आइएमई पेका ग्राहकहरुले क्युएफएक्स सिनेमाजको वेबसाइट र मोबाइल एपबाट बुधबारको दिन मुभी टिकट खरिद गर्दा हरेक हप्ता ५० रुपैयाँ फ्ल्याट क्यासब्याक पाउने भएका छन्।

जसका लागि आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ।

यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुने कम्पनीले जनाएको छ। अफरका लागि तोकिएको सर्तअनुसार प्रयोगकर्ताहरुले एक दिनमा एकपटक मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्ने बताइएको छ।

त्यसपछि प्रयोगकर्ताहरुले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै, आगामी दिनहरुका लागि लाइभ भएको टिकटहरु पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउने छन्। यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ।

मंगलबार काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा व्यक्त गरेका छन्।

त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफ मार्फत मुभीप्रेमीहरुलाई सहज हुने र अझ बढी ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरेकी छिन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित