भारत जान भण्डारीले गरे अस्वीकार, नेपालमै उपचार गर्न आग्रह

काठमाडौँ । जलेर गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले उपचारका लागि भारत जान अस्वीकार गरेका छन् ।
उनको उपचार गरिरहेको कीर्तिपुर अस्पतालले थप उपचारका लागि भारत लैजानुपर्ने बताएपछि सरकारले त्यसको प्रबन्ध गरिरहेको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भण्डारीले आफूलाई नेपालमै उपचार गर्न आग्रह गरेका थिए ।

‘उनीसँग सांकेतिक रूपमा सामान्य कुराकानी भयो । उनले उपचारका लागि भारत नजाने भन्दै यहीँ उपचार गराउन आग्रह गरेका छन् । तर, उपचारमा संलग्न चिकित्सकहरूले भारत लैजान सुझाव दिएकाले त्यसैअनुसार तयारी हुँदै छ,’ भण्डारीलाई भेटेर फर्किएका मन्त्री गिरीले सञ्चारकर्मीहरूसँग भने ।

कीर्तिपुर अस्पतालले आज बिहान विज्ञप्ति जारी गरी सांसद भण्डारीको श्वासनलीमा तातो हावा र धुँवाको कारण जलन भएको हुन सक्ने अत्यधिक सम्भावना रहेकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा छिटो लगेर उपचार गराउन आवश्यक रहेको जनाएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएको बताएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित