वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंबाट तीन जना बिचौलिया पक्राउ परेका छन्।
सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनी रकम माग गरी दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा बुधबार दिउँसो उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका ५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका ९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका २ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका ५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका १ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा होहल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरू पक्राउ परेका हुन्।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित