काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदाल दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रचण्ड–ओलीबीच मूलतराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते हुँदैछ ।
राष्ट्रपतिको निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजीसहितको प्रचारप्रसार हुन थालेपछि उनीहरूबीच भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । ‘खासगरी उहाँहरूबीच फागुन २५ कै बारेमा कुराकानी भएको हो । विभिन्न अड्कजबाजीसहितको प्रचार हुन थालेपछि उहाँहरू बस्नुभएको हो,’ ती सदस्यले भने ।
फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । ओली त्यसका लागि प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट बाहिर नजाओस् भन्ने चाहन्छन् । उनी निरन्तर त्यही कसरतमा छन् ।