यती दुर्घटनामा मृतकको परिवारलाई नेपाल लाइफको दाबी भुक्तानी

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड एक लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखराकी बिमित संगीता शाहीको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाले बालाजु शाखामा आयोजित एक कार्यक्रममा मृतकले इच्छाइएको व्यक्ति आमा कोपिला घर्ती क्षेत्रीलाई भुक्तानी रकमको चेक हस्तान्तरण गरेको हो ।

संगीता शाहीले नेपाल लाइफ बालाजु शाखाबाट २०७९०– ५२९ मा ५० लाख रुपैयाँ बिमांक भएको जीवन सहारा बिमा योजना लिएको जनाइएको छ । उनकी आमालाई बिमांकबापतको रकमअन्तर्गत ५० लाख रुपैयाँ र दुर्घटना मृत्यु दाबीबापत ५० लाख रुपैयाँसहित जम्मा एक करोड एक लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको ०७९ पुस मसान्तसम्ममा एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ लगानी रहेको जनाइएको छ । त्यस्तै, जीवन बिमा कोष एक खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ । कम्पनीमा हाल दुई लाख १२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ताले देशभर रहेका एक सय ९७ कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित