बरूण हाइड्रोपावरको साधारण सभा फागुन २८ गते

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २८ गते १९औं वार्षिृक साधारण सभा बोलाएको छ । फागुन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले युनियन हाउस,अनामनगर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/ ७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । साथै संस्थापक शेयरधनीबाट चार जना र सर्वसाधारण शेयरधनीबाट दुई जना गरी ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ । पछिल्लो दुई आर्थिक वर्ष कम्पनीले शेयरधनीहरूमा लाभांश वितरण गरेको छैन् । आर्थिक वर्ष ०७६/७७ मा भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित