प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्। बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन्।

उनीहरुबीच समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक–पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका छन्। माओवादीले गृहमन्त्री आफूले राख्न चाहेपछि लामिछाने र प्रचण्डबीच पछिल्लो समयमा खटपट रहेको छ।

उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेलाई सर्वोच्च अदालतले नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनको सांसद पद खारेज भएको थियो। तर उनले प्रक्रिया पुर्‍याएर पुन नागरिकताको प्रतिलिपि लिएपछि लामिछानेले गृहमन्त्री दाबी गरेपनि प्रधामन्त्री प्रचण्डले उनलाई नियुक्त गर्न चाहेनन्।

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन्। जसका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र लामिछाने असन्तुष्ट छन्।

रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखे पनि नपाएपछि रास्वपाले आफ्ना मन्त्रीसमेत फिर्ता गरेको छ। तर सत्ता साझेदार दलको बैठकमा सहभागी भइरहेको छ। रवि लामिछानेको सांसद पद खारेज भएपछि उक्त निर्वाचन क्षेत्रमा बैशाख १० गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित