बालाजुमा प्रहरीको गाडीमा आगजनी गर्ने ६ जना पक्राउ

काठमाडौं– यातायात मजदुरको आन्दोलनमा प्रहरीको गाडी आगो लगाउने तथा प्रहरी विट तोडफोड गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा पहिचान गरी उक्त कार्यमा संलग्नहरुमध्ये ६ जनालाई विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमध्ये उदयपुरको बलमता गाउँपालिका–२ घर भइ हाल काठमाडौंको तारकेश्वर–१० बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गागाउँपालिका–३ घर भइ काठमाडौंको टोखा–३ बस्ने ३० वर्षीय रामहरि भण्डारी र लमजुङको बेशीशहर नगरपालिका–५ घर भइ हाल काठमाडौंको तारेकश्वर–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।

यस्तै काभ्रेपलाञ्चोकको मानेडाँडा गाउँपालिका घर भइ हाल काठमाडौं–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्यूठानको कडी गाउँपालिका–१ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने १८ वर्षीय दीपेन्द्र पुन मगर र काभ्रेपलाञ्चोकको भुम्लु घर भइ हाल काठमाडौंको गंगाहाल बस्ने २० वर्षीय आशिष खड्का रहेका छनु।

नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार उपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै उक्त घटनामा संलग्न अन्य ९१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको थियो भने एक गाडीमा आगजनी भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित