साफ च्याम्पियनसिप फुटबल भारतमा हुने

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता साफ च्याम्पियनसिप भारतमा आयोजना हुने भएको छ। साफ कमिटीको भर्चुअल बैठकले यो प्रतियोगिताको आयोजना भारतमा गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले स्पोर्टस पार्टनर इन्टरनेसनललाई प्रतियोगिताको मार्केटिङ र कमर्सियल पार्टनरका रुपमा राख्ने निर्णय गरेको छ। साफले गएको डिसेम्बर १३ मा प्रतियोगिता आयोजनाको लागि बिड गर्नका लागि सबै देशलाई अनुरोध गरेको थियो।

त्यसमा नेपालले पनि इच्छा देखाएको थियो। यता पहिलेको ऋण तिन बाँकी रहेका कारण माल्दिभ्सले आयोजना गर्न पाएको थिएन भने सुरक्षाका कारण पाकिस्तानमा आयोजना हुन नसक्ने अवस्था थियो।

त्यस्तै, भारत र भुटानले सुरुआतमा चासो देखाएका थिएनन्। त्यसैले यो प्रतियोगिता नेपालमा हुने सम्भावना पनि थियो। तर भारतले गर्ने भएपछि अन्तिममा यो प्रतियोगिता भारतका केही मैदानमा आयोजना हुने भएको हो। तर यो प्रतियोगिताको लागि रंगशाला भने १० मार्चमा मात्र तय गरिने साफले जानकारी दिएको छ।
अघिल्लो संस्करणको साफो विजेता पनि भारत नै रहेको छ। उसले फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित