कालीगण्डकी बस दुर्घटना १० जना गम्भीर घाइतेलाई पोखरा रिफर

 

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु सडकमा बस दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई पोखरा रिफर गरिएको छ। बसमा सवार २ भारतीय नागरिकसहित १० जनालाई थप उपचारका लागि पोखरा पोखरा पठाइएको प्रहरी नायव उपरिक्षक(डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए।

उनका अनुसार म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान ८ः३० बजे बेनी–जोमसोम सडकबाट कालिगण्डकी नदीमा खसेको हो। दुर्घटनामा बिमती परियार, शर्मिला परियार, लक्ष्मी परियार, सुनिल परियार, राजकुमार बुढाथोकी, उमेश सापकोटा, पेमा छेतेन बिक, सुग्रिब परियार (नाबालक) र भारतीय नागरिक सुनिल पटेल, अपिता गोगय गम्भीर घाइते भएका हुन्। सामान्य घाइते भएका ७ जनालाई लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। उनीहरुमध्ये ३ जना यात्रुलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बसमा १२ जना पुरुष, ४ जना महिला र १ जना नाबालक यात्रु सवार थिए। बस दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र लेते प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीयबासी उद्दारमा खटिएका थिए। बस दुर्घटना कसरी भयो भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित