बयान दिन अदालत पुगे अरुण चौधरी

काठमाडाैँ  । कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य अरुण चौधरी बयान दिन कैलाली जिल्ला अदालत पुगेका छन् । माघ २९ गते उच्च अदालतले थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा बयानका लागि उपस्थित गराउन आदेश दिएको थियो ।

उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेस गर्न र चौधरीलाई बयानका लागि उपस्थित गराउन भनेको थियो । १९ माघमा बाँकेबाट पक्राउ गरेका चौधरीको रिहाइको माग गर्दै २२ गते उच्च अदालत दीपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । माघ १९ गते चौधरीलाई बाँकेबाट पक्राउ गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित