लाइसेन्स नभएको कर्मचारीले चलाएको बाइक दुर्घटना, बाइकपछि बसेका जिसीकाे अवस्था चिन्ताजनक

'अवस्था चिन्ताजनक छ, अहिले भेन्टिलेटरको सहायताले राखेका छौं,' उनले न्यूज खरीसँग भने, ' उहाँका आफ्न्त भोलि आउने कुरा भएकाले बाँकी भोलि नै भन्छौं।'

लाइसेन्स नभएको कर्मचारीले चलाएको बाइक दुर्घटना, बाइकपछि बसेका जिसीकाे अवस्था चिन्ताजनक
काठमाडौं । बडिगाड गाउँपालिकाको बाइक दुर्घटनामा घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको छ । मंगलबार साँझ खार बजारदेखि खाल जाँदै गरेको ध१ब ६२३ नम्बरको बाइक दुर्घटनामा घाइते भएका महेन्द्र जिसीको अवस्था चिन्ताजनक रहेकाे मनिपाल अस्पताल पोखराका वरिष्ठ न्यूरो सर्जन बालगोपाल कर्मचार्यले जानकारी दिए । 'अवस्था चिन्ताजनक छ, अहिले भेन्टिलेटरको सहायताले राखेका छौं,' उनले न्यूज खरीसँग भने, ' उहाँका आफ्नत भोलि आउने कुरा भएकाले बाँकी भोलि नै भन्छौं।' जिसीकाे टाउँको गम्भीर चोट लागेका कारण बुधबार साँझ अपरेशन गरिएको थियो । माेटरसाइक चालक बडिगाड गाउँपालिकाका शव इन्जिनियर माेहन रमौली बुधबार सामान्य उपचारपछि डिस्चार्ज भएका थिए । रमाैलीकाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना भएको माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।