जाँचबुझ प्रतिवेदन : लुटपाटमा ३२ जनाको मृत्यु

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनामा आपराधिक प्रवृत्तिका व्यक्ति संलग्न रहेको जनाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।

“२४ गतेको हिंसात्मक क्रियाकलाप जेनजी पुस्ताले नगरेको तर २३ गतेको घटनाको विरोधमा स्वतःस्फूर्त रूपमा युवासँगै अन्य उमेर समूहका व्यक्तिहरू पनि सडकमा निस्किए,” प्रतिवेदनमा भनिएको छ, “तर, केही समयपछि आपराधिक प्रवृत्तिका व्यक्तिहरू तथा शान्ति सुरक्षाको कमजोरीको फाइदा उठाउँदै अन्य लुटेरा समूहरू पनि प्रदर्शनकारीहरूसँगै सहयोगी भई लुटपाट, आगजनी, लोडफोड र प्रहरीलाई कुटपिट, हत्याजस्ता कार्यमा संलग्न भई स्थितिलाई अराजक बनाए ।”

उक्त दुई दिनका घटनामा ७६ जनाले ज्यान गुमाएका थिए । उनीहरूमध्ये ४२ जनाको मृत्यु सुरक्षाकर्मीको गोली प्रहारबाट भएको प्रतिवेदनमा किटान गरिएको छ । प्रदर्शनकारीको आक्रमणबाट तीन प्रहरी र बाँकीको मृत्यु लुटपाटका क्रममा भएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनानुसार, ३२ जनाको मृत्यु लुटपाटका क्रममा भएको हो ।

“यी घटनामा दुई हजार ५२२ जना (सुरक्षाकर्मीसहित) घाइते भएका थिए र साथै करिब ८५ अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित