फाइल तस्बिर
काठमाडौं । उदयपुरमा हावाहुरीको कारण ढलेको रुखले लागेर २ जनाको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी निरन्जन थापाले नेपालखबरलाई दिएको जानकारी अनुसार आइतबार साँझ आएको हावाले कटारीमा २ जनाको मृत्यु भएको हो ।
‘मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्,’ थापाले भने, ‘अन्य पाँचजना घाइते छन्।’




































