३ दिनभित्र समानुपातिक उमेदवार छनोट गरी पेस गर्न आयोगको पत्राचार

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४/४ सिट पाएका छन् ।

३ दिनभित्र समानुपातिक उमेदवार छनोट गरी पेस गर्न आयोगको पत्राचार
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ । आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४/४ सिट पाएका छन् ।