चुनावका लागि प्रहरीलाई सरकारले दियो १९५ गाडी

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल प्रहरीलाई थप ३ हजार २ सय ७८ वटा गाडी आवश्यक पर्ने भएको छ । निर्वाचन लक्षित गस्तीका लागि मात्र प्रहरीलाई १ हजार ४८२ वटा सवारीसाधन चाहिने भएको हो।

नेपाल प्रहरीले चुनावका लागि आफूलाई आवश्यक पर्ने सवारीसाधनको संख्या र प्रयोजन खुलाएरै गृह मन्त्रालयसँग माग गरिसकेको छ। त्यसमध्ये सरकारले प्रहरीलाई १९५ वटा साना गाडी उपलब्ध गराएको छ।

भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई गाडी दिएको छ। तीमध्ये विभिन्न चरणमा गरेर गृह मन्त्रालयमार्फत १९५ वटा गाडी प्रहरीलाई उपलब्ध गराएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए।

अझै केही गाडी भारतबाट आउने क्रममा रहेकाले सरकारले प्रहरीलाई थप गर्न सक्नेछ। यसअघि नियमित बजेटबाट पनि प्रहरीले १८५ वटा सवारीसाधन खरिद गरेको थियो।

तर जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा प्रहरीका सवारीसाधनमा क्षति पुगेको थियो। त्यसबराबर प्रहरीले गाडी प्राप्त गरिसकेको भए पनि निर्वाचनका लागि भने अपुग हुने भएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित